काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको भाउ ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

