Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हुम्ला र डाेल्पामा एक सातादेखि हवाइ सेवा ठप्प

हुम्ला र डाेल्पामा एक सातादेखि हवाइ सेवा ठप्प

आर्थिक पत्र
मंगलवार, आषाढ १४ २०७९
  • सुर्खेत। हुम्ला, डोल्पामा एक सातादेखि नियमित हवाइ सेवा हुन सकेकाे छैन । मौसमयमा आएको खराबीका कारणका हवाइ उडान बन्द भएको हो । 

    दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएको डोल्पा पत्रकार महासंघका सचिव लेखबहादुर बुढाले बताए । सडक सञ्जलासँग नजोडिएको हुम्लाका सर्वसाधारण महङ्गाे र जाेखिम माेलेर यात्रा गर्न बाध्य छन् ।

    सार्केगाड-४ का मनबहादुर रोकायले मंगलबार बिहानदेखि कर्णालीमा थप माैसममा परिवर्तन भएकाले हवाइ सेवा अझै केही दिन ठप्प हुन सक्ने बताए ।  सुर्खेत र नेपालगन्जबाट हुम्लाको लागि उडान हुँदै आएको छ । यहाँ निजी कम्पनीले जहाजले उडान भर्दै आएका छन् ।

    नियमित उडान नहुँदा औषधि उपचारदेखि अन्य काममा समेत समस्या हुँदै आएको छ । उडान नहुँदा सिमकोटमा पसलहरू खाद्यन्न अभाव र महङ्गी बढेकाे छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार