Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न एनआईबिएल एस क्यापिटलको आग्रह

शुक्रवार, आषाढ १७ २०७९
  • काठमाडौं । एनआईबिएल एस क्यापिटलले समृद्धि फण्ड–१ का इकाइधनीहरूलाई हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको छ । क्यापिटलले शुक्रवार सूचना प्रकाशन गरी हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको हो । 

    एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आएको समृद्धि फण्ड–१ योजना २२ पुसमा परिपक्क भएकोमा क्यापिटलले पहिले पनि इकाइधनीलाई बैंक खाता अध्यावधिक गर्न आग्रह गरेको थियो । बैंक खाता अध्यावधिक गरेका इकाइधनीहरूलाई फिर्ता भुक्तानी रकम गत १३ चैतदेखि उपलब्ध बैंक खातामा क्यापिटलले जम्मा गर्न थालेको थियो ।  

    भौतिक रूपमा इकाइको प्रमाणपत्र भएका तथा केही कारणबस नामसारी गर्नु पर्ने इकाइधनीहरूको हकमा रकम फिर्ता लिन क्यापिटलको लाजिम्पाट, काठमाडौंमा सम्पर्क गरी उक्त योजनाको सक्कल प्रमाणपत्र, इकाइधनी स्वयंको खाता रहेको बैंकको नाम, बैंक खाता नम्बर उल्लेख सहितको निवेदन र आवश्यक कागजात प्राप्त भए पश्चात् उल्लेख गरेको बैंक खातामा रकमान्तर गरिने पनि जानकारी दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार