Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला

शुक्रवार, आषाढ १७ २०७९
  • काठमाडौं । नेपाल फाइनान्सले १७ असारदेखि  १४ लाख ३९ हजार ४१२.७५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा कम्पनीले संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको तीन लाख दुई हजार ६९६.२७५ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो ।

    लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार २४ गतेसम्म रहेको छ । 

    कम्पनीले यसअघि ६ जेठदेखि २६ गतेसम्म ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार