Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाली सेनामा नयाँ भर्ना खुल्यो

नेपाली सेनामा नयाँ भर्ना खुल्यो

आर्थिक पत्र
शुक्रवार, मंसिर ८ २०८०
  • काठमाडौं । नेपाली सेनामा नयाँ भर्ना खोलेको छ । सेनाले शुक्रबार जारी गरेको सूचनामा २९ सय २५ जना सैनिकका लागि रोजगारी खुला गरेको हो । नेपाली सेना निर्देशनालयले देशका विभिन्न स्थानका लागि नयाँ भर्ना माग गरेको हो । 

    नयाँ भर्नामा सुनसरी व्यारेक २०० जना, नारायणहिटी ब्यारेकमा ३५० जना, निर्देशनालयले बुटवलको योगिकुटी व्यारेक र कैलालीको तेघरी व्यारेकमा २५०-२५० संख्यामा सैनिक माग गरेको छ । आवेदनका लागि सेनाको आधिकारिक वेबसाइटमाबाट अनलाईन दरखास्त फाराम भर्न सक्नेछन् ।आवेदन भर्ना इच्छुक नागरिकले आजको मितिबाट आगामी पुस ९ गतेसम्म फाराम भर्न सक्नेछन् । 

    त्यस्तै, दोब्बर दस्तुर बुझाई पुस १४ गतेसम्म भर्न पाउनेछन् । आवेदन शुल्क सैनिकका लागि १५० रुपैयाँ र विभिन्न ट्रेडका फलोअर्स पदका लागि एक सय रुपैयाँ तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार