Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर

इसेवाले सातै प्रदेशमा ठूलो संख्यामा खोल्यो जागिर

आर्थिक पत्र
सोमवार, मंसिर १८ २०८०
  • काठमाडौं । इसेवाले सातै प्रदेश गरी कुल १३० जनालाई रोजगारीको अवसर खुलाएको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट कर्मचारी माग गरेको हो ।

    संस्थाले बजार प्रतिनिधि र बजार व्यवस्थापकमा कर्मचारी माग गरेको हो । इसेवाका अनुसार कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ३९ जना, गण्डकी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा ३२ कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १४ जना गरी कुल १३० जना कर्मचारी माग गरेको छ ।

    १२ पास भएका उम्मेदवारहरुलाई आवेदन दिन प्रोत्साहित गरिने संस्थाले जनाएको छ । इच्छुक उम्मेदवारले संस्थाको  https://blog.esewa.com.np/career-opportunities-with-esewa/ वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार