Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सशस्त्र प्रहरीमा काम गर्ने अवसर: इन्सपेक्टरदेखि परिचरसम्म २८८ कर्मचारीको माग

सशस्त्र प्रहरीमा काम गर्ने अवसर: इन्सपेक्टरदेखि परिचरसम्म २८८ कर्मचारीको माग

आर्थिक पत्र
शुक्रवार, पौष २० २०८०
  • काठमाडौं ।  सशस्त्र प्रहरी बललले अधिकृतसहित विभिन्न पदमा भर्ना खोलेको छ। 

    सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित विभिन्न पदमा २८८ जना कर्मचारी माग गरेको हो। 

    सशस्त्र प्रहरीले इन्सपेक्टर ९९ जना माग गरेको छ। यस्तै, सहायक निरीक्षक (असई) ९८ जना, परिचर (भान्से) ६५ जना माग गरेको छ। यस्तै, कुचिकार १० जना, सूचिकार ४ जना, केशकर्तक ४ जना, चर्मकर्मी ५ जना र माली ३ जना माग गरेको छ। 

    सशस्त्र प्रहरीद्वारा माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले पुस २० गते, शुक्रबारदेखि माघ २१ गतेसम्म आवेदन दिन पाउनेछन्। यस्तै, दोब्बर दस्तुर बुझाएर माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ। 

    APF Jobs1704419511.png

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार