Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल प्रहरी स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान

नेपाल प्रहरी स्कुलको प्राचार्यका लागि दरखास्त आह्वान

आर्थिक पत्र
बुधवार, माघ ३ २०८०
  •  काठमाडौं– नेपाल पुलिस स्कुलले प्राचार्य (प्रिन्सिपल) नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। 

    नेपाल पुलिस स्कुल गरुडा रौतहट र घोराही दाङमा रिक्त रहेको प्राचार्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो। 

    प्रहरी स्कुलुको प्राचार्य छनोट बोर्डले बुधबार सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुलाई १५ दिनभित्र दरखास्त पेस गर्न भनेको छ। 

    प्राचार्यका लागि स्नातकोत्तर तहको शैक्षिक योग्यता आवश्यक पर्ने बताइएको छ। साथै माध्यमिक तह वा सो सरहको पदमा कम्तीमा १० वर्ष प्राध्यापन गरेको वा माध्यमिक तहको विद्यालयमा प्राचार्यको रुपमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको वा विश्वविद्यालयमा उप–प्राध्यापक पदमा कम्तीमा ३ वर्ष कार्यरत रहेको हुनुपर्ने बोर्डले जनाएको छ।

    NPS_Principle_vacancy-1705462209.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार