Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल पुनर्बिमा कम्पनीमा सीइओ पदका लागि आवेदन खुला

नेपाल पुनर्बिमा कम्पनीमा सीइओ पदका लागि आवेदन खुला

आर्थिक पत्र
सोमवार, फाल्गुण ७ २०८०
  • काठमाडौ । नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदको लागिल २१ दिन भित्रमा दरखास्त आवेदन खुला गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरेर आवेदन दिने आह्वान गरेको छ ।

    आवेदकले कम्पनीको कार्यालय थापाथली काठमाडौंमा गोप्य शिलबन्दीमा गएर सो समयभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।  

    आवेदनका साथ पुनर्बिमा कम्पनीको नाममा रहेको राष्ट्रि वाणिज्य बैंकको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार