Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

आर्थिक पत्र
शुक्रवार, फाल्गुण ११ २०८०
  • काठमाडौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले शुक्रबार एक सूचना जारी गर्दै ३० जना गरी नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको गरेको हो।

    कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धकमा एक\एक जना, सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २÷\ जना र मधेसीबाट १ जना नियुक्त गर्ने कोषले जनाएको छ । 


    त्यस्तै प्रशासनतर्फ १ जना, प्राबिधिकतर्फ १ जना सहायक प्रबन्धक, पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ। जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २\२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ।


    इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरुले २१ दिनभित्र दरखास्त दिनुपर्नेछ भने दरखास्त शुल्क पदअनुसार फरक–फरक निर्धारण गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार