Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भक्तपुरमा घरेलु उत्पादन मेला

भक्तपुरमा घरेलु उत्पादन मेला

आर्थिक पत्र
शनिवार, चैत्र १७ २०८०
  • भक्तपुर ।  घरेलुु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ ।

    संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो । मेला हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।

    मेलामा भक्तपुरमा उत्पादन हुने घरेलु उद्योगीहरुका उत्पादनका स्टलहरु रहेका छन् । भक्तपुरमा घरेलु स्तरबाट उत्पादन हुने दर्जनौ घरेलु उत्पादनका स्टलहरु मेलामा हेर्न पाइन्छ । साथै घरेलुस्तरमा हुने चिउरा कुटने, रक्सी पार्ने (बनाउने) लगायतको प्रत्यक्ष दृश्यका साथै नेवारी परिकारको स्वाद पनि चाख्न सकिन्छ ।

    मेलामा नर्सरी फलफूलका बोटविरुवाहरु (२० देखि ५ हजार वढीको रुपैयाँं)को प्रतिवोटका स्टल छन् । च्याउको परिकारहरु, भादगाउँले टोली, बासबाट बनेका डालो लगायतका विभिन्न उपकरणहरु, अमिलो, मुलाको मश्यौरा, मुकुण्डो, परम्परागत सन्जुक, काष्ठकलाका विभिन्न सामानहरु,  धातुका करुवाहरु, ह्याण्डी क्राफ्ट, धूप, सावुन, नेवारी पोशाकहरु हकुपटासी (कालो फरिया), परम्परागत जुता, मौसम अनुसारका उत्पादनहरु हर्वल, झोला, स्यानटरी प्याडहरुका स्टलहरु रहेका छन् । साथै त्यहाँं दही, समेबजी (भोज), बारा, चटामरी, योमरीलगायतका नेवारी परिकारहरुको पनि स्वाद चाख्न सकिन्छ । साथै तानबाट परम्परागत रुपमा कपडा बुनेको दृश्य पनि देख्न सकिन्छ ।

    bhaktapur2.jpeg

    bhaktapur3.jpeg

    Bhaktapur4.jpeg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार