काठमाडौं।आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा छलफल गर्न गभर्नर, बैंकर र व्यवसायी होटल र्याडिसन लाजिम्पाट पुग्दैछन् । आज २ बजेबाट सुरु हुने छलफलमा बैंकर र व्यवसायीले आफ्ना सुझाव दिने भएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशतको आर्थिक बृद्धि र मुद्रास्फीति ७ प्रतिशतमा सिमित गर्ने गरी बजेट ल्याइसकेको छ । उक्त बजेटले राखेका लक्ष्य पुरा गर्ने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको छ । त्यसैको फलस्वरुप आज मौद्रिक नीतिमा छलफल गर्न लागिएको राष्ट्र बैंकको भनाइ छ ।

