Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आगामी बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल

आगामी बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : अध्यक्ष अग्रवाल

आर्थिक पत्र
मंगलवार, बैशाख २५ २०८१
  • काठमाडौँ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आगामी बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्न आग्रह गरेका छन्। 

    मंगलवारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ‘स्वदेशी’ समिट २०२४ को अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले चालु आवको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिए पनि आजसम्म उक्त व्यवस्था लागू हुन नसकेको बताए।

    उनले सरकारले स्वदेशी वस्तुको पहिचानका लागि एक वेब पोर्टलको निर्माण गरी नेपाल उद्योग परिसंघले सञ्चालनमा ल्याएको स्वदेशी अभियानका सदस्यका उत्पादन तथा निश्चित मापदण्ड पूरा गर्ने, नेपालमै उत्पादन हुने अन्य उत्पादन समेत सो पोर्टलमा समावेश गर्ने व्यवस्था कायम गर्नुपर्ने बताए।

    उनले पोर्टलमै वस्तुको मूल्य, परिमाण र सोको गुणस्तरसमेत उल्लेख हुने व्यवस्था कायम गर्नुपर्ने माग गरे। उनले पोर्टलमा उपलब्ध रहेका स्वदेशी वस्तुहरू नै खरिद गर्नुपर्ने अनिवार्य व्यवस्था कायम गर्न आवश्यक रहेको उल्लेख गरे।

    अग्रवालले भने, ‘चालू आवको बजेट भाषणमा २० प्रतिशतसम्म महँगो भए पनि नेपाली वस्तुको उपभोग गर्नुपर्ने प्रावधान कायम गरिए पनि आजसम्म त्यो व्यवस्था लागू हुन सकेको छैन। आगामी वर्ष यस व्यवस्थालाई अनिवार्य गरिनुपर्छ।’

    अध्यक्ष अग्रवालले स्वदेशी उद्योगहरूको संरक्षण र आम मानिससँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरूको गुणस्तरयुक्त हुन आवश्यक रहेको बताए। उनले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न आग्रह गरे। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार