Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण

लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण

आर्थिक पत्र
बिहिवार, श्रावण २४ २०८१
  • काठमाडौं‌। नेपाल विद्युत प्राधिकरणले लेखा समितिमा डेटिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पाना (एक लाख पृष्ठ) को विवरण बुझाएको हो।

    प्राधिकरणले सिंहदरबारस्थिति संसद्‌ सचिवालय परिसरमा रहेको लेखा समितिको कार्यालयमा आज (बिहीबार) नै विवरण बुझाएको हो । प्राधिकरण स्रोतका अनुसार टीओडी मिटरको विवरण समेटिएको कागजातले एउटा मिनीभ्यान नै भरिएको थियो ।

    प्राधिकरणले डेडिकेटेड/ट्रङ्क लाइनबाट विद्युत उपभोग गर्ने ६१ उद्योगीको सूची तथा एम-पावर लेजर १ पोका, सञ्‍चालक मनोजकुमार मिश्र र भक्तबहादुर पुनको प्रतिवेदन एक थान इन्डेक्स फाइल, टीओडी मिटर डाटा डाउनलोड विवरण १ पोका, लोड प्रोफाइल सहितको टीओडी मिटर डाटा डाउनलोड विवरण ३ पोका, लग सिट २२ पोका, अदालतको फैसला १ पोका र २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता महसुलसम्बन्धी विवरणको १ थान इन्डेक्स फाइल लेखा समितिमा पठाएको हो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार