Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार

ओलम्पिकमा स्वर्ण पदक जित्ने पाकिस्तानी खेलाडीलाई ५० हजार अमेरिकन डलर पुरस्कार

आर्थिक पत्र
आइतवार, श्रावण २७ २०८१
  • इस्लामबाद । पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अरशद नदीमले स्वर्ण पदक जिते पछि देशभर चर्चा परिचर्चा भईरहेको छ । 

    अर्शद नदीम ओलम्पिकमा पाकिस्तानका लागि व्यक्तिगत स्वर्ण जित्ने पहिलो खेलाडी बनेका थिए । 

    तर के तपाईलाई थाहा छ स्वर्ण पदक जित्ने अरशद नदीमले कति पुरस्कार पाए  ? वास्तवमा अरशद नदीमले ५० हजार डलर पुरस्कार राशि पाएका छन । जो पाकिस्तानी रुपैयाँमा यो मूल्य १ करोड ४० लाख रुपैयाँ हुन आउँछ ।

    उल्लेखनीय छ कि पाकिस्तानले लगभग ३२ वर्षपछि ओलम्पिकमा पदक जितेको छ । यसअघि पाकिस्तानले अन्तिम पटक सन् १९९२ मा बार्सिलोना ओलम्पिकमा पदक जितेको थियो। ओलम्पिक इतिहासमा पाकिस्तानले अहिलेसम्म ४ स्वर्ण जितेको छ । यसअघि पाकिस्तानले हक्कीमा तीनवटै स्वर्ण जितेका थियो ।

    तर यसपटक भाला थ्रोमा अशरफ नदीमले स्वर्ण जितेका हुन् । पाकिस्तानी खेलाडीले व्यक्तिगत इभेन्टमा स्वर्ण पदक जित्न सफल भएको यो पहिलो पटक हो । साथै, पेरिस ओलम्पिकमा अशरफ नदीमले नर्वेका एन्ड्रियास टीको कीर्तिमान तोडेका थिए । 

    सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका एन्ड्रियास टीले ९० दशमलव ५७ मिटर थ्रो थ्रो गरेका थिए तर अहिले अशरफ नदीमले उक्त कीर्तिमान आफ्नो नाममा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार