Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

वीरगञ्जको गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २० लाख बराबरको सामा बरामद

वीरगञ्जको गोदाममा सशस्त्र प्रहरीको छापा, करिब २० लाख बराबरको सामा बरामद

आर्थिक पत्र
आइतवार, भाद्र २३ २०८१
  • पर्सा । सशस्त्र प्रहरीले पर्साको वीरगञ्जस्थित तीन वटा गोदामलगायत विभिन्न इलाकाबाट करिब २० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

    प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा गोदाममा छापामारी ७ लाख ८० हजार ४ सय ३० रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको हो ।

    खुश्बु चकलेट उद्योगको गोदाममा भण्डारण गरी राखेको ३ लाख ६ हजार ६ सय ३० रुपैयाँको चकलेट, चिनी र बोरा सिलाउने तथा जोख्ने मेसिनहरु र सोही ठाउँको एक घरमा लुकाई छिपाई राखेको ४ लाख ७३ हजार ८ सय रुपैयाँको काजु, खजुर, बदाम, विस्कुट, अजिर र किसमिसका सामान बरामद गरेको शसस्त्र प्रहरी कार्यालय पर्साका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

    उनका अनुसार सोही महानगरपालिका–८ मिनाबजारस्थित पारस प्रसाद एण्ड राजेश कुमार सप्लायर्सको गोदाममा अबैध रुपमा भण्डारण गरी राखिएको २ लाख ७० हजार १ सय ७० रुपैयाँको आलु र प्याज समेत बरामद भएको छ ।

    यसैगरी भाद्र २३ गते सोही महानगरपालिका–१० स्थित आदर्शनगरबाट ९ लाख ४५ हजार ६ सय रुपैयाँ बराबरको काजु, मरिच र टेम्पोसहित एक जनालाई नियन्त्रणमा लिइएको छ ।

    ना २ ह ५९६ नम्बरको टेम्पोमा लोड गरिएको सो सामानसहित बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बैरैनिया बस्ने २५ बर्षिय बिनोद कुश्वाहालाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजले नियन्त्रणमा लिएको डीएसपी थापाको भनाइ छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौजले यस अघिपनि सो क्षेत्रका विभिन्न गोदाममा छापामारी करोडौँ रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । नियन्त्रणमा लिइएको अटो र बरामद सामान वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार