Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

आर्थिक पत्र
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

    कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार