Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

आर्थिक पत्र
शुक्रवार, भाद्र २८ २०८१
  • काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ ।

    शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्यामा इन्स्पेक्टर र असईमा भर्नाका लागि आवेदन मागेको हो ।

    योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ । प्रहरी निरीक्षकका लागि स्नातक तह पास गरी २० वर्ष उमेर पुगी २५ वर्ष ननाघेको हुनु पर्ने छ भने सहायक निरीक्षकका लागि भने प्रमाणपत्र तह पास गरी १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको हुनु पर्ने छ ।

    सुचना बारे बिस्तृत जानकारी लिन र आवेदन दिने प्रक्रिया बारे बुझ्न यस लिंकमा हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार