Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

आर्थिक पत्र
आइतवार, आश्विन ६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा गोरखा आरूघाट गाउँपालिका-१० घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरी भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १८ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सुन्दरीजलबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार