Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images
बेलिव्रिज शुभारम्भ

सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिव्रिज संचालन

सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिव्रिज संचालन

आर्थिक पत्र
मंगलवार, कार्तिक ६ २०८१
  • रामेछाप । बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बेलिव्रिजको शुभारम्भ गरेका हुन् ।

    गत असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको खुर्कोट र रामेछापको मन्थली नगरपालिकाको सेलेघाट जोड्ने खुर्कोट पुल बगाएको थियो।

    पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज बनाएको हो । नेपाली सेनाले तीन सातामै सुनकोशी नदीमा एमपिबी (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछाप जिल्लालाई जोडेको थियो । निर्माण सम्पन्न भएपनि पुलको मुखमा ढलान गरिएकाले यातायात सञ्चालन भने भएको थिएन ।

    बाढीले मन्थली, रामेछापतर्फको एउटा भाग बगाएपछि सडक सम्पर्क पूर्णरुपमा टुटेको थियो ।

    pul2.jpg

    pul3.jpg

    pul4.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार