Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ?

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ?

आर्थिक पत्र
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।  

    फिल्मले रिलिज १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाई गरेको फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ । 

    फिल्मले शुक्रवार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको थियो ।

    त्यसैगरी आइतबार यता पनि फिल्मको कमाई शानदार रहेको छ। फिल्म अहिले पनि देशभर हाउसफूलका साथ चलिरहेको छ ।  

    फिल्मले कैयौं किर्तिमान बनाउने क्रममा देशभरमा एकै दिन ४८० भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको छ । यस अघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् । 
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार