Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?

‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्म कति कमायो ?

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

    फिल्मले प्रदर्शनको १३औँ दिन मंगलबारसम्म देशभर २५ करोड ४ लाख कमाएर सबैभन्दा बढी कमाई गर्ने नेपाली फिल्म बनेको थियो ।  ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको किर्तिमान तोडेको हो ।

    यसैबीच फिल्मका निर्माताले फिल्मले अहिलेसम्म गरेको कमाईको अपडेट दिएका छन् । फिल्मका निर्माता विनोद पौडेलले फिल्मले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाई गरेको छ ।

    अहिले पनि देशका धेरै जसो सिनेमा हलमा फिल्मरति दर्शकको आकर्षण जारी रहेकाले फिल्मको कमाइ आउदा दिनमा अझै बढ्ने अनुमान गरिएको छ ।

    कमाईको किर्तिमानसँगै फिल्मले सर्वाधिक शो पाउने फिल्म पनि बनेको छ । फिल्म एकै दिन ४८० भन्दा बढी शो पाएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार