Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

फिल्म 'ह्रस्व दीर्घ' ले कति कमायो ?

फिल्म 'ह्रस्व दीर्घ' ले कति कमायो ?

आर्थिक पत्र
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले दुई दिनमा सुखद कमाई गरेको छ ।

    images

    बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले दुई दिनमा २ करोड कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।

    फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको बताइएको छ ।  

    फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन) लाई काठमाडौं बोलाएको छ । उनी आइतबार दिउँसो काठमाडौं आइसकेका छन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् । उनी एक साता नेपाल रहने र हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

    चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार