Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना

आर्थिक पत्र
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले फिल्मले लगानी उठाएको दाबि गरेकी हुन् ।

    उनले घरेलु बक्स अफिसमा फिल्मले राम्रो गरिरहेको उल्लेख गर्दै फिल्मलाई भारतको ओटीटी प्लेटफर्ममा बेचिसकेको जानकारी दिएकी छन् । साथै ढुंगानाले फिल्मलाई भारतमा थिएटर रिलिज समेत गर्ने बताएकी छन् ।

    उनले भनेकी छन्- 'नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लटफर्ममा फिल्म बेचिसकेको छौं र केही समय पछाडि भारतमा पनि हामीले थिएटर रिलिज गर्नेछौं । ओभरसिसको पनि प्लानिङ भइसकेको छ र केही समय केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौ भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ र पूर्ण रूपले हामी सेभ भइसकेको छौ ।'

    अभिनेत्री ढुंगानाले आफुले दर्शकलाई यो बताउन जरुरी थियो भन्दै दर्शकहरुले हामीलाई हात समातेर अगाडि बढाइदिएको उल्लेख गरेकी छन् ।

    नेपाली बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरिसकेको छ ।

    फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो ।  त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख र बुधबार ७५ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  

    चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार