Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फिल्म 'ह्रस्व दीर्घ' ले छ दिनमा कति कमायो ?

फिल्म 'ह्रस्व दीर्घ' ले छ दिनमा कति कमायो ?

आर्थिक पत्र
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।

    बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले छ दिनमा ५ करोड ४ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।

    फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो ।  त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख र बुधबार ७५ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  

    चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार