काठमाडौँ । विगत लामोसमय देखि चौधरी ग्रुपमा कार्यरत मनमोहन झा सिजी ब्राण्डका घरायसी सामानहरुलाई देशव्यापी रुपमा उपभोक्ताको घरघरमा पुर्याउन लागिपरेका छन् । सिजीले आफ्नो ब्राण्डलाई नेपालीपन त दिएकै छ साथसाथै उपभोक्तालाई आफ्नो क्षमताअनुसारका सामानहरु नेपालमा नै उत्पादन गरी ब्रिकीवितरण समेत गरिरहेको छ । जाडोयाममा घरमा न्यानो बनाउनका लागि सिजीले आफ्नो उत्पादनहरु बजारमा ब्रिकी वितरण गरिहरेको छ । प्रस्तुत छ यसैसँग सम्बन्धित रहेर झासँग गरेको कुराकानीको सम्पादीत अंशः-
सिजीका घरायसी सामान कस्ता छन् ?
-जति पनि घरायसी अर्थात होम अप्लाईनसेन्समा प्रयोग हुने सामान छन् त्यो सबै चौधरी ग्रुप (सीजी)सँग छ । यसमा बिगर अप्लाइनसेन्स र स्मल अप्लाईनसेस छन् । बिगरलाई होम इन्टरटेनमेन्ट वा होम अप्लाईनसेन्स वा एचएचई भन्छौँ । स्मल अप्लाइनसेस पनि छ । जसलाई एसएचई भन्छौँ । स्मल अप्लाईनसेसलाई हामीले आजकाल नयाँ नाम दिएका छौँ, स्मार्ट होम अप्लाईनसेन्स । यसमा जाडो र गर्मीलाई फोकस गरेर वा सधैँ प्रयोग गर्ने प्रोडक्टहरु पर्दछन् । जतिपनि हाम्रो घरमा प्रयोग हुन्छ, ती सबै सामान सिजीले ल्याएको छ ।
स्मार्ट होम अप्लाईनसेन्स भनेको के हो ?
-स्मार्ट भन्नाले जिनियस बुझिन्छ । जस्तैः हामी कुनै किट्लीमा पानी तताउँछौँ । त्यो पानि तातिसक्यो । हामीले मेसिन बन्द गर्नुपर्दैन । त्यो आफै बन्द हुन्छ, त्यो स्मार्ट हो । हाम्रो वाईफाईबाट चल्ने सिस्टम पनि आउँदैछ । त्यो पनि स्मार्ट हो । वस्तुको शो पनि स्मार्ट नै हो । हाम्रो प्रोडक्टमा पनि गुड लुकिङ छ । डिजाइन पनि राम्रो छ । आजको मोर्डन टेक्नोलोजी, मोर्डन संसारमा सबै मानिस स्मार्ट चीज खोज्छन् । किचेन स्मार्ट, बेडरुम स्मार्ट । बेडमा पनि पंखा, हिटर हुनुपर्यो । जुन स्मार्ट देखिनु पर्यो । किचेनमा हाम्रो राईस कुकर स्मार्ट टाइपको हुनुपर्यो । ग्राफिक्स, लुकिङ त्यो पनि स्मार्ट हो । अर्को कुरा भविष्यमा वाईफाईबाट या घरैबाट वा बाहिरबाट काम गर्ने व्यवस्था गर्दैछौँ । तत्काल हाम्रोमा वाईफाईबाट काम गर्ने तयारी छैन । स्मार्ट रिमोटबाट चल्नेसम्म स्मार्ट छ ।
बाहिर काममा भएके बेला घरमा मेसिनले काम गर्छ ?
-हो, हो । यदि तपाई घरबाट बाहिर हुनुहुन्छ, एक घण्टा घर पुग्न लाग्छ भने घरमा भात पाकेको हुनुपर्यो, त्यो चिजहरु पनि हामी ल्याउँदैछौँ । कुनै स्थानबाट निर्देशन दियो त्यहाँ त्यसले काम गर्छ ।
मान्छे त अल्छि हुने भए त सबै काम मेसिनले गर्ने भएपछि ?
-अल्छि भन्दा पनि समयलाई सदुपयोग भन्नुपर्छ । घरायसी काम मेसिनले गरिदिएपछि त्ये समय सिर्जनात्मक काममा सदुपयोग गर्न सकियो । संसारमा धेरै चिज गर्न बाँकी रहेको छ । हामीले सबै चिज गर्नुपर्छ भन्ने छैन नी मेसिनले गर्ने चिज त मेसिनले गर्यो हामीलाई भगवानले दिएको दिमागको पर्याप्त सदुपयोग गर्नुपर्छ । त्यो देश विकास, प्रगतिको लागि होस् । आउने पिढिँलाई कसरी सहज हुन्छ देशमा टिक्नलाई । त्यो क्षेत्रमा हामीले समय सदुपयोग गर्नसक्छौँ ।
के-के छ हामीसँग अहिले जाडाे यामका सामान ?
-हिटिङ सेगमेन्टमा हामीसँग अहिले पूर्ण ब्रेन छ । एउटा सबैभन्दा राम्रो, मोर्डन टेक्नोलोजीमा ओएफआर । यसमा ११ वटा फिल्ड छ । यसमा हाम्रो अरु हिटरहरु पनि छ । ओएफआरलाई अलिकति बढि फोकस गरिएको छ । किनभने ओएफआरमा अक्सिजन पनि खाँदैन । यसका कारण कोठा बन्द गरेर हिटर चलाए पनि दुर्घटना हुँदैन ।
हेलोजी हिटरमा पनि ६-७ वटा मोडल छ । जसमा फोर रड, थ्री रड, टु रड, कार्बन हिटर, हेलोजी हिटर छन् । बजारमा विभिन्न किसिमका ग्राहक छन् । त्यसलाई पनि टार्गेट गर्नुपर्यो । सीजी भनेको नेपाली प्रोडक्ट हो । सीजी भन्दा एक प्रकारको महसुस हुन्छ नेपालीपन । हाम्रो आफ्नै हो जस्तो लाग्छ । त्यसैले सबैलाई टार्गेट गर्नुपर्छ । मध्यम, उच्च वा सामान्य गरी सबैलाई टार्गेट गरेर सामानहरु बजारमा ल्याउँछौँ ।
इलेक्ट्रिक गिजर पनि छ ?
- जाडो बढिरहेको छ । त्यसैले पनि बाथरुम, किचेनमा जाडेका लागि पनि इलेक्ट्रिक गिजरहरु विभिन्न क्षमताका ल्याएका छौँ । ५ लिटर, १० लिटर, २० लिटर, २५ लिटर, ३० लिटरमा छ । जसमा विभिन्न सुविधाहरु रहेका छन् । जस्तै, रिमोटबाट चल्ने, डिजिटल डिस्प्ले । जे बजारमा माग आएको छ त्यहीलाई ध्यानमा राखेर सामानहरु ल्याएका छौँ ।
अन्य कम्पनीभन्दा सीजीमा फरक के छ ?
-अहिलेको बजारको सिनारियो हेर्दा यो संसार यति ठुलो छ की कुनै चिजको डिजाइन, प्याकिङ, एउटै भएर सामान एउटै हुन्न । त्यसमा फिचर हुन्छ, टेक्नोलोजी हुन्छ । त्यसकारण यति ठुलो संसारमा हाम्रो प्रोडक्ट अरु प्रोडक्टसँग म्याच गर्दैन भन्न मिल्दैन । कहिँ न कहिँ म्याच खाइहाल्छ । हामी ग्राहकको इच्छालाई ध्यानमा राखेर सामान ल्याउँछौँ । खाली सप्लाई-सप्लाई गरेर मात्र नि भएन । हामीले हरेक सामानमा नयाँ फिचर राखेका छौँ । जस्तै, हटपटमा हामीले यस्तो फिचर राखेका छौँ । त्यसमा के छ ? के-के चिज छ ? सीजी र अन्य ब्राण्डको डिजाइन, प्याकिङ मिल्छ तर हामीले भित्र धेरै इन्भेसन गरेका छैँ । त्ये कुरा जसको टेक्नीकल ज्ञान छ, ब्राण्डको उसले थाअ पाइहाल्छ ।
हाम्रो जति पनि उत्पादन सबैको वारेन्टी हुन्छ । स्याम्पलिङ गरेर वारेन्टी गछौँ । जहाबाट बनेर आउँछ त्यहाँ हामो पिडिआई हुन्छ । हामीले माग गरेको सामान त्यो होकी होइन वा त्यहाँ छ की छैन भनेर चेक गर्छौँ जसले हामीलाई बजार भन्दा फरक बनाउँछ ।
सिजीले सामान आयात गरेर ब्रिक्री वितरण गर्छ की यही उत्पादन हुन्छ ?
-ब्राण्ड नेपाली नै हो । नेपालमा सबै सामान उत्पादन सम्भव छैन । कति एसेम्बल हुन्छ भने कति आयात हुन्छ । तर, हाम्रो नेपाली ग्राहकको जुन चिजको माग छ, जसले नेपाली महसुस गराउँछ । त्यस्ते प्रकारका सामान हामी बजारमा ल्याउँछौ । नेपालको सन्दर्भमा राज्यले उघोगहरुलाई प्रोत्साहन गरेर उत्पादन बढाउनुपर्ने आवश्यक देखिन्छ । हामीले कति समय चाँही बाहिरी मुलुकबाट ट्रेडिङ बनाएर ल्याउनु ? देशमै उत्पादन गर्न सकिन्छ । त्यसको लागि राज्यको ध्यानाकर्षण हुन आवश्यक छ ।
सरकारले के गर्नुपर्यो ?
-नीति नियम बनाउनुपर्यो । सरकारले उधोग व्यवसायलाई इनकरेज गर्ने वातावरण बनाउनुपर्यो । त्यसपछि आफै मुलुकमा लगानी बढ्न थाल्दछ । जसरी हामी बाहिरबाट सामान ल्याउँछौ । त्यसकै आधारमा नेपालमा सुव्यवस्थित वातावरण खडा गर्न आवश्यक छ ।
नेपाली उपभोक्ताले सिजीकै सामान किन प्रयोग गर्ने ?
-पहिलो पक्ष सिजीको उत्पादनमा आफ्नोपन झल्किन्छ । आफ्नै गाउँमा आफ्नै दाजुभाई-दिदिबहिनी सिजी सामानको प्रवद्र्धन गर्दै हिँडेका छन् भने किन प्रयोग नगर्ने ? दोस्रो पक्ष यो गुणस्तरीय उत्पादन हो । सिजीकै उत्पादनमा ग्राफिक्स, डिजाइन, लुक्स राम्रो आएको छ। स्मार्ट छ भने किन बाहिरका सामान प्रयोग गर्ने ? तेस्रो पक्ष किन आफ्नै उत्पादनलाई प्रवद्र्धन नगर्ने ? प्रवद्र्धन नै गर्नुछ भने अरुलाई भन्दा आफ्नोलाई गरौँ । नेपाली ब्राण्डकै सामान प्रयोग गरौँ । त्यसपछि सामानले बजारमा प्रोत्साहन पाउँछ । हाम्रै नेपाली जनता काम गर्नका लागि दैनिक हजारौँ संख्यामा खाडी मुलुक पलायन भैरहेका छन् । त्यो सबै राज्यमा अवसरको अभावमा भएको हो । त्यसकारण नेपालमै नेपाली ब्राण्डलाई प्रवद्र्धन गर्न सके रोजगारीको पनि सिर्जना हुन्छ ।
नेपाली बजारमा सिजीका उत्पादनहरु के-के आइरहेका छन् ?
-विशेषगरी यो जाडो मौसमका लागि हामीसँग आधुनिक प्रविधियुक्त वेल हिटर छ । फ्यान हिटर छ जसले तातो हावा फैलाएर घरलाई न्यानो राख्न मद्धत गर्छ । हेलाेजी हिटर, कार्वन हिटर छ जसले कम अक्सिजन खपत गर्दछ । ग्यास प्लस इलेक्ट्रिक पनि छ । साथै, वाथरुमका लागि इलेक्ट्रिक गिजर छ । ग्यास गिजर छ किचेनको लागि । डिसपेन्सर पनि छ जसमा तातो पानी खानको लागि उपयोगी रहन्छ । योसँगै भ्याकुम फ्ल्यास ओजस्टिक छ जसमा तातो पानी राखेर बच्चाहरु स्कुल जान्छन् भने यात्रा गर्दा पनि प्रयोग गर्न सकिन्छ ।
त्यस्तै, नियमित प्रयोगमा भने राइस कुकर जसमा स्टिलनेस, ननस्टिक र आल्मुनियम गरी ३ प्रकारका रहेका छन् । राइस सोलार मिक्स्चर छ । ग्यासिक कपहरुमा ग्राहक वर्गको मागमा रहेका सबै प्रकारका उत्पादन बजारमा उपलब्ध छन् । प्रेसर कुकर, कराई, फ्राई प्यान, इन्डक्सन चुल्होलगायत किचेनमा आवश्यक सम्पूर्ण सामान हामीसँग छ । मिक्स्चरहरुमा पनि सबै प्रकारका ग्राहकबर्गलाई लक्षित गरी उपलब्ध छन् । गर्माीयाममा प्रयोगमा आउने फ्यानहरु छन् । साथै, टोष्टर, स्याण्डविच मेकर, बेबिक्यू, बारबीक्यू, आइरन, वाटर प्युरीफायर, भेजिटेबल प्युरी फायर, टेलिफोनलगायत सञ्चारका सामानसमेत हामीसँग रहेका छन् ।
ब्रिकी पछिको सेवा कस्तो छ ?
-नेपालका ७७ वटै जिल्लामा सर्भिस सञ्जाल रहेको छ । सिजीको सबैभन्दा राम्रो सर्भिस छ । इलेट्रनोनिक्समा यो भन्दा धेरै सञ्जाल रहेका अन्य कम्पनि छैनन् ।
अन्त्यमा उपभोक्ताका लागि के भन्न चाहनुहुन्छ ?
-नेपाली उत्पादनलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्दछ । आफ्नोपन झल्किने सामानको प्रयोग बढाउँदा रोजगारी सिर्जना हुन्छ । यसमा विदेशमा उत्पादीत सामानलाई चाँही ब्राण्ड र नेपालको लागि केही नमान्ने मानसिकता वा प्रवृति परिवर्तनको आवश्यक छ । जापानको नागरिकले आफ्नै मुलुकको सामान प्रयोग गर्छ र अन्य देशको सामानलाई ब्राण्ड भन्दैन भने नेपालमा हामी पनि आफ्नै सामानलाई प्रवद्र्धन गरी प्रयोग बढाउनुपर्यो । केही उपभोक्ताका लागि भने हामीले अमेरिकन ब्राण्ड ब्ल्याक एण्ड टेकरका सामानहरु पनि ल्याएका छौँ । जसमा ग्राहक लक्षित घरायसी सम्पूर्ण सामानहरु रहेका छन् ।

