Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० राष्ट्र, कुनसँग कति छ घाटा ?

यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० राष्ट्र, कुनसँग कति छ घाटा ?

आर्थिक पत्र
शुक्रवार, भाद्र १० २०७९
  • काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । 

    कुल वैदेशिक व्यापारमध्यो नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ । 

    भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन् । 

    भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । 

    विभागको तथ्याङ्क अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ  व्यापार घाटा रहेको छ । 

    यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार