Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

सिड्नीमा अहिलेसम्मकै ठूलो ‘ड्रिम फेष्ट’ आयोजना हुने

सिड्नीमा अहिलेसम्मकै ठूलो ‘ड्रिम फेष्ट’ आयोजना हुने

आर्थिक पत्र
बिहिवार, भाद्र १६ २०७९
  • काठमाडौं । अष्ट्रेलियाकोे सिड्नीमा अहिलेसम्मकै ठूलो धमाकेदार कार्यक्रम आयोजना हुने भएको छ। नेपालका  राष्ट्रिय  कलाकारहरुबाट सिड्नीमा अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो।

    images

    आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ।  अष्ट्रेलियामा पहिला साना साना कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकको दावी छ।

    सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौँ वार्षिकोत्सवको अवसरमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो। यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रवार बेलुका ६ बजेबाट शुरु हुने जनाइएको छ।

    झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी/डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन्। त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ।

    १० वर्षको वार्षिक उत्सवकाे अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ्ग गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्‍यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुती रहने आयोजकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार