Logo

Nov 07 2026

Nov 07 2026 | २०८३ कार्तिक २२ गते

images

काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

आर्थिक पत्र
शनिवार, कार्तिक २२ २०८३
  • काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

    images

    शनिबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङ तथा जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।

    कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७४ जना र तीव्र गतिमा चलाउने ७५ जना चालक रहेका छन्।

    यसैगरी, सीसीटीभीमार्फत निगरानी गरी १६ जना, रातो बत्तीको नियम उल्लंघन गर्ने ४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३ जना, लेन क्रस गर्ने ३ जना र सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ५ जना चालकलाई कारबाही गरिएको छ।

    अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने २२८ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार