Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम गोलबजारमा सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम गोलबजारमा सम्पन्न

आर्थिक पत्र
सोमवार, आश्विन २६ २०८३
  • गोलबजार । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले सिरहाको गोलबजारमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले असोज २३ गते शुक्रबार आयोजना गरेको कार्यक्रममा बीमाको महत्व, आवश्यकता, फाइदा तथा बीमा दाबी प्रक्रियाबारे जानकारी गराइएको थियो।

    images

    कम्पनीका मधेस प्रदेश प्रमुख बद्रीबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ प्रमुख अतिथि थिए। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख आर्य रावल, गोलबजार नगरपालिका–६ का वडाध्यक्ष संजितकुमार लामा तथा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहको विशेष उपस्थिति थियो।

    कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, जनप्रतिनिधि तथा बैंक तथा वित्तीय संस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीलाई बीमा गर्ने प्रक्रिया, दाबी भुक्तानीका लागि अपनाउनुपर्ने प्रक्रिया तथा बीमाबाट प्राप्त हुने सुविधाबारे जानकारी दिइएको थियो।

    कार्यक्रममा आर्थिक जोखिमबाट सुरक्षित रहन र सम्भावित क्षतिको आर्थिक भार कम गर्न बीमाको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।

    प्रमुख अतिथि श्रेष्ठले दुःख तथा विपद्का समयमा बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमालाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले बीमासम्बन्धी जनचेतना बढाउँदै आम नागरिकलाई बीमाको दायरामा ल्याउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

    नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख रावलले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापन प्राधिकरणले गर्ने जानकारी दिँदै बीमासम्बन्धी कुनै गुनासो वा समस्या भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरिन्।

    कार्यक्रममा सहभागीहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट दाबी भुक्तानीका क्रममा सहज र झन्झटरहित सेवा पाएको अनुभव पनि सुनाएका थिए।

    कार्यक्रमको स्वागत मन्तव्य तथा सञ्चालन कम्पनीको गोलबजार शाखा प्रमुख विद्यानन्द सिंहले गरेका थिए। बीमासम्बन्धी जनचेतना बढाउने, आर्थिक जोखिम न्यूनीकरण गर्ने र बीमाप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार