काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु निर्यात ३४.९% ले घटेर २८ खर्ब ६८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११५.४% ले वृद्धि भएको थियो । यो पटक भारततर्फ ४५.२% र चीनतर्फ २१.६% ले निर्यात घटेको छ । वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै, पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।
यता, आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु आयात १३% ले घटेर २ खर्ब ७३ अर्ब ६० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९% ले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५%, १३.३% र २०.७% ले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रसायनिक मल , स्पंज आइरन, औषधी हवाईजहाज तथा तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । कच्चा सोयाविन तेल, सवारी साधनका स्पेयर पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

