Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नौ महिना ३ खर्ब ३७ अर्ब राजस्व संकलन, चैतमा मात्रै ५५ अर्ब

नौ महिना ३ खर्ब ३७ अर्ब राजस्व संकलन, चैतमा मात्रै ५५ अर्ब

आर्थिक पत्र
आइतवार, बैशाख ३ २०८०
  • काठमाडौं  । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ३ खर्ब ३७ अर्ब १० करोड २० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा उक्त राजस्व ९८ प्रतिशतले कम हो ।

    गत आवको सोही अवधिमा विभागले ३ खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको चैत महिनामा मात्रै विभागले ५५ अर्ब २ करोड ८० लाख रुपौयँ राजस्व संकलन गरेको छ ।

    विभागले चैत मसान्तसम्म आयकर शीर्षकबाट एक अर्ब ५० करोड २० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरहाल कर शीर्षकबाट एक अर्ब ९७ करोड एक लाख, ब्याजबाट २५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । 

    त्यस्तै, यस अवधिमा भ्याटबाट ७८ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ, अन्तशुल्क शीर्षकबाट ७४ अर्ब २८ करोड रुपैयाँ, स्वास्थ्य सेवाबाट ५ अर्ब २५ करोड ६८ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । 

    चैत महिनामा उठ्यो ५५ अर्ब राजस्व 
    विभागले चालु आवको चैत महिनामा ५५ अर्ब २ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त राजस्व गत आवको सोही महिनाको तुलनामा ९६ प्रतिशतले कम हो । जबकी गत आवको सोही अवधिमा विभागले ५७ अर्ब ५३ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । 

    चालु आवको चैत महिनामा विभागले आयकर शीर्षकबाट ३३ अर्ब ८ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै यस अवधिमा घरबहाल करबाट २७ करोड ५९ लाख रुपैयाँ, ब्याजबाट एक अर्ब ३५ करोड ८ लाख रुपैयाँ र भ्याटबाट १० अर्ब ९ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । 

    विभागका अनुसार यस अवधिमा अन्तशुल्क शीर्षकबाट ९ अर्ब ४७ करोड  २९ लाख रुपैयाँ, स्वास्थ्य शीर्षकबाट ५४ करोड ६४ लाख रुपैयाँ र शिक्षा शीर्षकबाट २० करोड ४० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । 

    विभागले गत आवको चैत महिनाको तुलनामा घर बहाल कर, ब्याज, अन्तशुल्क स्वास्थ र शिक्षामा भने राजस्व संकलनमा सुधार गरेको पाइएको छ । त्यस्तै गत चैत मसान्तसम्मको तुलनामा पनि विभागले ब्याज, अन्तशुल्क, स्वास्थ्य  सेवा  र शिक्षा शीर्षकमा राजस्व संकलनमा उल्लेख्य रुपमा सुधार गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार