Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

किन दिए उदयपुर सिमेन्टका महानिर्देशकले राजीनामा ?

किन दिए उदयपुर सिमेन्टका महानिर्देशकले राजीनामा ?

आर्थिक पत्र
बिहिवार, जेठ २५ २०८०
  • काठमाडौं । उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।

    उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ । पहिलो चरणमा कम्तीमा २५/३० करोड माग गरिएको उद्योग मन्त्रालयले पैसा नभए जवाफ दिएको थियो ।

    नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्त:शुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ ।

    बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले उद्योगको लाइन समेत काटिदिएको थियो । अधिकांश समय बन्द रहने उद्योगको अवस्था दयनीय बनेपछि उद्योगका ४ कर्मचारी संगठनले ज्ञापनपत्र बुझाउनेदेखि उद्योग बचाइदिन आग्रह गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार