काठमाडौं । बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले आफ्ना उत्पादनलाई भारतमा निर्यात थालेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–६ मा अवस्थित बालाजी सिमेन्टबाट उत्पादित सिमेन्ट सोमबार जेठ २० गतेदेखि भारत निर्यात गर्न थालेको कम्पनीले जनाएको छ ।
बालाजी सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादित बहुवली र श्रृष्टि ब्राण्डका पीपीसी सिमेन्टलाई भारत सरकारको ब्युरो अफ इण्डियन स्ट्याण्डर्स (बीआईएस)ले गुणस्तर सम्बन्धी इण्डियन स्ट्याण्डर्ड इन्स्टिच्युट (आइएसआई) चिन्ह दिए लगत्तै सिमेन्ट निर्यातको बाटो खुलेको कम्पनीका प्रबन्ध निर्देशक ऋषिकेश अग्रवालले बताए ।
पहिलो चरणमा भारतको उत्तर प्रदेश, सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएकोछ । यहाँको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात गरिएको हो । जिल्लाबाट पहिलो पटक सिमेन्ट भारत निर्यात भएको उनले बताए ।
विस्तारै निर्यात परिमाण बढाउँदै लैजाने उद्योगको लक्ष्य छ ।भारतमा आईएसआई गुणस्तर चिन्ह नपाएका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगले यसै महिना आइएसआई चिन्ह पाएको थियो ।
बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको उद्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले बताए । उद्योगले बाहुबली र श्रृष्टी ब्रान्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट इन्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो ।
उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान छ । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ । पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्लास्थित क्लासिक इन्टरप्राइजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट पठाइएको छ ।
२ वटा ट्रकमा प्रति ट्रक २१ टनका दरले सिमेन्ट भारत तर्फ निर्यात गरिएको उनले उल्लेख गरेका छन् । कपिलवस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात थालिएको हो । निर्यातको मात्रा बढाउँदै लैजाने उनले बताएका छन् । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने प्रावधान छ ।
यी उत्पादनले नेपालमा समेत एनएस चिन्ह नलिई सिमेन्ट निर्यात गर्न पाइँदैन । उद्योगका सन्दीपकुमार गाडियाले वर्तमान असहज एवम् आर्थिक मन्दीको अवस्थामा सिमेन्ट भारत तर्फ निर्यात गर्ने काम शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको प्रतिक्रिया दिएका छन् ।
प्रबन्ध निर्देशक अग्रवालका अनुसार बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ । उद्योगले बहुवली र श्रृष्टि ब्राण्डका ओपीसी ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । बालाजी सिमेन्ट इण्डष्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भीआरएम प्रविधि जडान गरिएको उनले बताए ।

