Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

दुई महिनादेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

आर्थिक पत्र
बिहिवार, आषाढ ७ २०८०
  • उदयपुर । त्रियुगा नगपालिका– ५ जलजलेमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि पुनःसञ्चालनमा आएको छ ।

    कोइलालगायतका कच्चा पदार्थको अभाव, व्यवस्थापन र मजदुरबीचको विवादले कर्मचारीको आन्दोलनका कारण बन्द भएको सो सिमेन्ट उद्योग दुई महिनापछि बुधबार पुनःसञ्चालनमा आएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार बस्नेतले बताए ।

    बुधबार बिहान ७ बजेदेखि उद्योग सञ्चालनमा आएको र अब नियमित उत्पादन र बजारीकरण जारी रहने अध्यक्ष बस्नेतले बताए । दुई महिनासम्म उद्योग बन्द हुँदा रु २० करोडभन्दा बढी घाटा व्यहोर्नु परेको पनि अध्यक्ष बस्नेतले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार