Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडाैंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ३८ देशका चलचित्रबीच प्रतिस्पर्धा

काठमाडाैंमा आजदेखि अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ३८ देशका चलचित्रबीच प्रतिस्पर्धा

बिहिवार, चैत्र १७ २०७८
  • काठमाडाैं । पाँचाैँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महाेत्सव (निफ) आजदेखि काठमाडाैंमा हुँदैछ । २१ चैतसम्म चल्ने महाेत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।

    गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकाेमा यस पटक भाैतिक उपस्थितिमा हुन लागेकाे हाे ।

    निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । '५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,' उनले भने, 'त्यसैले राम्रा र स्तरीय चलचित्र प्रेमी दर्शककाका लागि यो अवसर नै हो ।'

    राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधाको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार