Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्ष चयन

नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्ष चयन

आर्थिक पत्र
बुधवार, आषाढ १३ २०८०
  • काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षको गरिमामय पदमा निर्वाचित भएका छन् । उनी परिसंघले सम्पन्न गरेको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा र्पुयाउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् ।

    यसका साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । साधारण सभाको समुद्घाटन समारोहकाबीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो ।

    सो सम्मान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार