Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एनएमबि बैंकले खुलायो रोजगारको अवसर

एनएमबि बैंकले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
बुधवार, श्रावण १० २०८०
  • काठमाडौं । एनएमबि बैंकले चिफ टेक्नोलाजी अफिसर र सहायक प्रबन्धकमा कर्मचारी माग गरेको हो ।

    उक्त पदमा आवेदन दिनका लागि कम्प्युटर विषयमा मास्टर डिग्री गरेको, प्रविधिसम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने, प्राविधिक क्षेत्रमा कम्तिमा १५ वर्षको अनुभव भएको, साइबर सेक्युरिटी सम्बन्धि ज्ञान, जिम्मेवारी र इमान्दारिता आदि भएको हुनुपर्ने बैंकले जनाएको छ । साथै एमबीए डिग्री गरेकालाई अझ विशेष प्राथमिकतामा राखिने बैंकले उल्लेख गरेको छ ।

    प्राथमिक चरणमा उतिर्ण भएका आवेदकलाई मात्र अर्को चरणमा सामेल गरिने र आवेदकलाई कारण खुलाई वा नखुलाई स्वीकार या अस्वीकार गर्ने सम्पूर्ण अधिकार बैंकमा नै निहित रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।

    इच्छुक उम्मेद्वारहरुले साउन २२ गतेसम्म बैंकको इमेल मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार