Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा रिलायन्सले खुलायो रोजगारको अवसर

सानिमा रिलायन्सले खुलायो रोजगारको अवसर

आर्थिक पत्र
आइतवार, श्रावण २१ २०८०
  • काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले विभिन्न शाखा तथा उपशाखाका लागि दक्ष तथा अनुभवि शाखा प्रमुखको माग गरेको हो ।

    कम्पनीले कोशी, मधेश, बागमति, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशको विभिन्न शाखा तथा उपशाखामा रोजगारको अवसर खुलाएको हो । आवेदन दिनका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, जीवन बीमा, बैंक तथा वित्तीय संस्था लघुवित्त तथा अन्य बजार प्रवद्र्धन सम्बन्धी कार्यअनुभव भएको व्यक्तिलाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

    आवेदन दिन इच्छुक तथा योग्य ब्यक्तिले आफ्नो बायो डाटा सहित काम गर्न इच्छुक शाखा तथा उपशाखाको नाम समेत उल्लेख गरि ७ दिनभित्र jobs@sanimareliancelife.com मा आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार