काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।
बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र क्रेडिट रिभिवर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले बैंकको वेबसाईट मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।

