काठमाडौं । हुलास वायरले एचआर स्ट्रीप मिलबाट व्यवसायिक उत्पादन शुरू गरेको छ । फलामे पाइपको कच्चापदार्थ उत्पादन गर्ने यो मिलले हाल दैनिक ४०० टन उत्पादन गरिरहेको हुलास वायर एण्ड इन्डस्ट्रीजकी कार्यकारी निर्देशक युक्ता गोल्छाले जानकारी दिइन् ।
हुलासको स्ट्रीप मिल नेपालमै यस प्रकृतिको पहिलो मिल हो । कम्पनीले कोरोना महामारी अघि नै यो मिल स्थापना गर्न खोजेको थियो । तर, महामारीका कारण काम रोकिएपछि एक वर्षअघि मिल स्थापनामा हुलासले लगानी गरेको थियो ।
परीक्षण उत्पादन भदौमै शुरु गरिएकोमा हाल उत्पादन नियमित उत्पादन थालिएको हो ।

