Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

स्रोत नखुलेको रकमसहित पक्राउ

स्रोत नखुलेको रकमसहित पक्राउ

आर्थिक पत्र
बुधवार, मंसिर २० २०८०
  •  काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एकजनालाई पक्राउ गरिएको छ ।

    images

    ठूलो परिमाणमा सुन तथा चाँदी गालेर बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन २३५ दशमलव नौ ग्राम, एक हजार ९०१ दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार