Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

नेप्से सामान्य बढ्यो

नेप्से सामान्य बढ्यो

आर्थिक पत्र
बुधवार, कार्तिक १९ २०८३
  • काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने सरकारको निर्णयपछि बुधबार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रिको मूल्य १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसा पुगेको छ । समग्र नेप्से भने सामान्य अंकले बढेर बन्द भएको छ ।

    images

    बुधबार नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ । अघिल्लो दिन पनि सामान्य बढेको बजारले त्यसलाई निरन्तरता दिएको हो । यस दिन सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.४४ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले घटेका छन् ।

    बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ पुगेको छ । यस दिन ३५८ कम्पनीका २ करोड १२ लाख २३ हजार कित्ता सेयर ५९ हजार १८५ पटकको कारोबारमा किनबेच भएका छन् ।

    नेपाल पुनर्बीमासँगै हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य पनि बढेको छ । हिमालयन रिको मूल्य साढे ११ प्रतिशत र श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको मूल्य साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य भने सबैभन्दा धेरै ६.३४ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ । कम्पनीको ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । घोराही सिमेन्टको ५१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको ३६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

    १३ उपसमूहमध्ये चारको परिसूचक बढेको छ भने नौ वटाको घटेको छ । अन्य उपसमूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढेको छ । व्यापार उपसमूह पनि एक प्रतिशतभन्दा बढीले उकालो लागेको छ । जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार