Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेका १० जना पक्राउ

मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेका १० जना पक्राउ

आर्थिक पत्र
बिहिवार, पौष ५ २०८०
  • काठमाडौं । मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेका १० जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका १२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका १० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

    images

    यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका ८ जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका १३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रूपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

    दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार