Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही हुने

विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही हुने

आर्थिक पत्र
शुक्रवार, पौष ६ २०८०
  • काठमाडौं । विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य पारे कारबाही हुने भएको छ । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई निर्देशन दिएको हो । 

    images

    केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई निर्देशन दिइएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए । 

    अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार