Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

आर्थिक पत्र
आइतवार, पौष ८ २०८०
  • गण्डकी । पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा रु पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ ।

    images

    गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार छ सय २७, सटरकबल आठ लाख ६८ हजार, कामधेनु गाईले चार लाख ६२ हजार आठ सय ६०, सदस्यता रसिद ४६ हजार र अन्य तीन लाख २३ हजार सात सय ६१ आम्दानी गरेको हो ।

    उच्च अदातल पोखराका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले शनिबार साधारणसभाको उद्घाटन गर्दै प्रमाणका आधारमा छिटोछरितो न्याय सम्पादनमा अदालत क्रियाशील रहेको बताए । धार्मिक क्षेत्रको आम्दानी शिक्षा, स्वास्थ्य र समाजको विकाससँगै आयमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

    पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले प्राकृतिक स्रोतको आम्दानीबाट विपन्न वर्गलाई सघाउन सुझाव दिए ।

    साधारणसभामा गुफाको संरक्षणमा सहयोग गरेबापत गण्डकी प्रदेशसभा सचिव हरिराम पोख्रेल, धनुषा जिल्ला न्यायाधीश योगनाथ ढकाललाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार