Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

आर्थिक पत्र
मंगलवार, पौष १७ २०८०
  • काठमाडौं । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

    images

    यसैगरी काठमाडौं महानगरपालिका-१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

    दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार