Logo

Nov 06 2026

Nov 06 2026 | २०८३ कार्तिक २१ गते

images

ठगी मुद्दाका फरार थुनुवा पक्राउ

ठगी मुद्दाका फरार थुनुवा पक्राउ

आर्थिक पत्र
बिहिवार, पौष १९ २०८०
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडी लगाएकै अवस्थामा भागेका थुनुवा पक्राउ परेका छन् । ठगी कसुरमा प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो ।

    images

    काठमाडौं महानगरपालिका-३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट खड्कालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले बताए । हत्कडी र थुनुवाको ज्याकेट भने खड्कोको भक्तपुरस्थित कोठाबाट प्रहरीले बरामद गरेको छ ।

    थुनछेक बहसका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएका थिए । सिन्धुपाल्चोकको बाह्रबिसे-२ घर भइ भक्तपुर बस्दै आएका उनलाई सुरूमा स्वयम्भू वृत्तले ठगीको कसुरमा पक्राउ गरेको थियो । स्वयम्भू वृत्तको अनुसन्धान सकिएपछि अर्को ठगी मुद्दामा उनीमाथि प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार