काठमाडौं । जुवातास खेल्दै गरेको १४ जना पक्राउ परेका छन् । कास्कीका पोखरा महानगरपालिका १२ चापापानीमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १० बस्ने ५० वर्षीया पञ्च गुरुङ समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ९ सय ८५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
त्यस्तै, कञ्चनुरको भिमदत्त नगरपालिका ३ जामिरगाडास्थित जङ्गलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका ९ बस्ने ३३ वर्षीय भवानी सिंह बुढा समेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४२ हजार ६ सय ४५ रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।


