Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

लालबन्दी नगर अस्पतालबाट शल्यक्रियासहितको प्रसूति सेवा सुरु

आर्थिक पत्र
मंगलवार, फाल्गुण २२ २०८०
  • सर्लाही । लालबन्दी नगर अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सुरु गरेको छ । नगरपालिकाको आफ्नै प्रयासमा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा स्तरोन्नति गरी जटिल प्रसूति व्यथा भएका गर्भवती महिलाको शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालीकाका नगरप्रमुख बासूदेब अधिकारिले जानकारी दिए ।

    पहिलोपटक लालबन्दी  नगर अस्पतालले मिर्चैया नगरपालिका १९ वर्षीया चन्डिका मगरको  शल्यक्रिया गरिएको हो । शल्यक्रियाबाट उनको पहिलो सन्तान छोरी भएको लालबन्दी नगर अस्पतालले जनाएको छ । 

    चन्डिका मगरको शल्यक्रिया गरेर लालबन्दी अस्पतालमा प्रसूति शल्यक्रिया सेवा सुरु गरिएको लालबन्दी नगरपालिका स्वास्थ शाखाले जनाएको छ  । डा. रामबिश्वास राय दनुवार  एनेस्थेसिया सहायक अनिल कापर, नर्स बबिता कुमारीसहितको स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्व शल्यक्रिया गरेको हो । सुत्केरी व्यथा लागेर अस्पताल आएकी महिलाको  शल्यक्रियाबाट आफ्नी छोरीलाई  जन्म दिएको डा. रामबिश्वास राय दनुवारले बताए ।

    लालबन्दी नगर अस्पतालमा  सोमबार पहिलो शल्यक्रिया सफल भएको डा. दनुवारले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार